भोजपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फ महाधिवेशन प्रतिनिधि पदमा सरोज बस्नेतले उम्मेदवारी घोषणा गरेका छन्।

टेम्केमैयुङ गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेस टेम्केमैयुङ गाउँपालिका सभापतिका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका बस्नेत सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्।

कांग्रेसको संगठनलाई थप सशक्त, प्रभावकारी र मजबुत बनाउन आफूले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएको बस्नेतले बताएका छन्। पार्टीको सांगठनिक अभियानलाई प्रभावकारी बनाउँदै कार्यकर्ताको भावना र अपेक्षालाई नेतृत्वसम्म पुर्‍याउने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।

समाजसेवा र राजनीतिमा लामो समयदेखि सक्रिय बस्नेतले स्थानीय तहमा रहेर पनि विभिन्न सामाजिक तथा विकाससम्बन्धी गतिविधिमा भूमिका निर्वाह गर्दै आएका छन्।

बस्नेतले आफ्नो उम्मेदवारीमार्फत पार्टीको राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूल आदर्शलाई थप मजबुत बनाउँदै संगठनलाई गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Smart

तपाईको प्रतिक्रिया