सुन्दरहरैंचा । भारतको पश्चिम बंगालस्थित सिलिगुडीमा आयोजित अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा मोरङको सुन्दरहरैचा–३, गछियास्थित माउन्ट मकालु रेसिडेन्सियल स्कुलका विद्यार्थीहरूले नेपालको प्रतिनिधित्व गर्दै उत्साहजनक सहभागिता जनाएका छन्।
सिलिगुडीस्थित Birla Divya Jyoti School मा आयोजित प्रतियोगितामा माउन्ट मकालुका विद्यार्थीहरूले रोबोटिक्स, प्रविधि, सिर्जनशीलता तथा नवप्रवर्तनमा आधारित आफ्ना क्षमता प्रस्तुत गरेका हुन्।
अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुँदै नेपाली विद्यार्थीहरूले प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्। नेपालको प्रतिनिधित्व गर्ने अवसरले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो सीप प्रस्तुत गर्नुका साथै नयाँ प्रविधि र प्रविधिमैत्री सिकाइबारे अनुभव हासिल गर्ने अवसर प्रदान गरेको विद्यालयले जनाएको छ।
प्रतियोगितामा सहभागिताले विद्यार्थीहरूमा प्रविधिप्रतिको रुचि, सिर्जनशील सोच, समस्या समाधान गर्ने क्षमता तथा अनुसन्धानमुखी सिकाइलाई थप प्रोत्साहन गर्ने विद्यालयको विश्वास छ।
माउन्ट मकालुका विद्यार्थीहरूको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितालाई विद्यालयको शैक्षिक गतिविधिलाई प्रविधि र नवप्रवर्तनसँग जोड्ने महत्वपूर्ण प्रयासका रूपमा समेत हेरिएको छ।







