इटहरी । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले इटहरीमा नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को बिक्री तथा उपलब्धता सुरु गरेको छ। काठमाडौंमा सम्पन्न नाडा अटो शो तथा यामाहा ब्लु फेस्टमा प्रदर्शन गरिएको उक्त मोटरसाइकल इटहरीस्थित तिरुपति अटो सिटीमा उपलब्ध गराइएको हो।

नयाँ मोटरसाइकल उपलब्ध भएसँगै इटहरी तथा आसपासका क्षेत्रका ग्राहकले शोरुममै पुगेर मोटरसाइकल अवलोकन गर्नुका साथै टेस्ट राइड र बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ।

यामाहाको ‘बिल्ट अन लेगेसी, ड्रिभन बाई पर्फर्मेन्स’ अवधारणामा आधारित एक्सएसआर १५५ मा रेट्रो डिजाइन र आधुनिक प्रविधिको संयोजन गरिएको छ। मोटरसाइकलमा १५५ सीसीको लिक्विड–कुल्ड इन्जिन, भीभीए (VVA) प्रविधि र ६–स्पिड गियरबक्स रहेको छ। कम्पनीका अनुसार यसले दैनिक आवतजावतदेखि लामो दूरीको यात्रासम्म सहज र भरपर्दो प्रदर्शन प्रदान गर्नेछ।

ग्राहकको मागलाई ध्यानमा राख्दै यामाहाले एक्सएसआर १५५ को नयाँ ब्लु कलर भेरिएन्ट बजारमा ल्याएको हो। उक्त मोटरसाइकलको मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले एक्सएसआर १५५ ले बजारमा सकारात्मक प्रतिक्रिया पाइरहेको बताए। क्षेत्रीय बजारमा नयाँ ब्लु भेरिएन्ट उपलब्ध गराउनु कम्पनीका लागि महत्वपूर्ण कदम भएको उल्लेख गर्दै उनले स्थानीय ग्राहकलाई थप विकल्प र उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

कम्पनीका अनुसार इटहरीमा एक्सएसआर १५५ को उपलब्धता विस्तार गर्नुको मुख्य उद्देश्य क्षेत्रीय राइडरसँग यामाहाको सम्बन्ध थप मजबुत बनाउनु र एक्सएसआर प्रयोगकर्ताको समुदाय विस्तार गर्नु हो।

नयाँ ब्लु यामाहा एक्सएसआर १५५ को टेस्ट राइड तथा बुकिङ इटहरीस्थित तिरुपति अटो सिटीमा खुला गरिएको छ। ग्राहकले शोरुममा पुगेर मोटरसाइकलको डिजाइन, विशेषता र सवारी अनुभवबारे जानकारी लिन सक्नेछन्।

एमएडब्लू राइड्स प्रालि नेपालका लागि यामाहा दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक हो। कम्पनीले देशभर ग्राहकलाई आधुनिक प्रविधिमा आधारित सवारीसाधन तथा ग्राहक सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

Smart

तपाईको प्रतिक्रिया