बोल नेपाल

कोशी प्रदेश समाज स्थानीय तह

इटहरीमा ३० दिने इलेक्ट्रिसियन तालिम सम्पन्न

इटहरी, सुनसरी “साझा भावनाको विकास गरौं” भन्ने मूल नाराका साथ आदिवासी जनजाति युवा महासंघ (YFIN), नेपाल इटहरी उपमहानगर कार्यसमितिको आयोजना तथा इटहरी उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित १ महिने इलेक्ट्रिसियन तालिम भव्य रूपमा समापन भएको छ। गत मिति २०८२ चैत २१ गतेदेखि सुरु भएको उक्त तालिम २०८३ वैशाख २८ गतेसम्म सफलतापूर्वक सञ्चालन भई एक विशेष समारोहका बीच सम्पन्न भएको हो।

इटहरी-९, प्रगति टोलस्थित नेपाल आदिवासी जनजाति महासंघको भवनमा आयोजित समापन कार्यक्रम वाईफिन (YFIN) नेपाल इटहरीका अध्यक्ष रोशन श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको प्रमुख अतिथिमा नेपाल शेर्पा संघका संघीय सदस्य, नेपाल आदिवासी जनजाति महासंघ इटहरीका कोषाध्यक्ष एवं वाईफिनका सल्लाहकार छिरिङ शेर्पा रहनुभएको थियो।

त्यसैगरी, विशिष्ट अतिथिका रूपमा वाईफिन (YFIN) प्रदेश नं. १ का अध्यक्ष कमल बहादुर राना मगर र विशेष अतिथिहरूमा इटहरी उपमहानगरपालिका वडा नं. ९ का सदस्य कपिल घिमिरे तथा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ इटहरीकी अध्यक्ष दिलु सुनुवारको उपस्थिति रहेको थियो। युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको यस तालिमको प्रशिक्षण राजेश श्रेष्ठले गर्नुभएको थियो।

कार्यक्रममा विभिन्न जातीय संस्थाका नेतृत्वकर्ताहरूको आतिथ्यता रहेको थियो, जसमा किरात राई यायोक्खा इटहरीका अध्यक्ष राष्ट्र राई, नेपाल धानुक मण्डल इटहरीकी अध्यक्ष चन्दा मण्डल, नेपाल तामाङ घेदुङ इटहरीका अध्यक्ष मोहन लोप्चन तामाङ र तमु ह्युल छोज धीं गुरूङ राष्ट्रिय परिषद् इटहरीका अध्यक्ष दुर्गा बहादुर गुरुङ रहनुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले युवाहरूलाई स्वरोजगार र सीपमूलक बनाउन यस्ता व्यावहारिक तालिमहरू कोसेढुङ्गा सावित हुने बताउनुभयो। स्थानीय स्तरमै दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी बेरोजगारी समस्या न्यूनीकरण गर्न इटहरी उपमहानगरपालिका र महासंघको यो प्रयास प्रशंसनीय रहेको वक्ताहरूले जोड दिए।

वाईफिन (YFIN) इटहरीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक बिसन राईले स्वागत मन्तव्यसहित तालिमको औचित्यमाथि प्रकाश पार्नुभएको उक्त समापन समारोहको सञ्चालन वाईफिन इटहरीका सचिव विष्णु श्रेष्ठले गर्नुभएको थियो। तालिम सफलतापूर्वक पूरा गर्ने सहभागीहरूलाई सो अवसरमा प्रमाणपत्र समेत वितरण गरिएको थियो।

तालिम भव्य रूपमा सम्पन्न भएकोमा आदिवासी जनजाति युवा महासंघ, नेपाल प्रदेश नं. १ कार्यसमिति परिवारले आयोजक, सहयोगी निकाय र सहभागी सम्पूर्णमा हार्दिक आभार एवं धन्यवाद व्यक्त गरेको छ।

https://gurkhakhabar.com/samachar/2026/05/2148

admin@bolnepal.com

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *

You may also like

कोशी प्रदेश खेलकुद मनोरञ्जन

इनरुवामा ब्याडमिन्टोन प्रतियोगिता सम्पन्न

इनरुवा । हातेमालो जनसरोकार संस्थाको आयोजनामा सम्पन्न ब्याडमिन्टोन प्रतियोगिता उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष
कोशी प्रदेश विशेष रिपोर्ट समाज

सडकमा ‘गुण्डागर्दी’ गर्नेको अब खैरियत छैन: पथरीमा ट्राफिकको ‘हाइ-भोल्टेज’ एक्सन, विराटनगरमा कहिलेदेखि?

सडकमा ‘गुण्डागर्दी’ गर्नेको अब खैरियत छैन: पथरीमा ट्राफिकको ‘हाइ-भोल्टेज’ एक्सन, विराटनगरमा कहिलेदेखि? पथरी/विराटनगर, मोरङ ।सडकलाई रणमैदान सम्झिएर मान्छे नै तर्सिने