भोजपुरमा पूर्वाधार विकासको ठूलो छलाङ : सडक निर्माणका लागि अर्बौं बजेट सुनिश्चित

Listen to this article
1 minute read

भोजपुर । भोजपुर जिल्लामा सडक पूर्वाधार विकासका लागि अर्बौं रुपैयाँ बराबरको बजेट सुनिश्चित भएको छ। विभिन्न सडक आयोजनाहरू प्रदेश सरकारमार्फत स्वीकृत भएसँगै जिल्लावासीमा उत्साह थपिएको छ।

भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रअन्तर्गत बोखिम–खाल्टेखोला–गोगने–लेर्खक–पान्दारे सडकखण्डका लागि रु. १ करोड ७२ लाख इमर्जेन्सी बजेट स्वीकृत भएको छ। त्यस्तै बोखिमबाट चखेवा जोड्ने सडक निर्माणका लागि रु. १० करोड बजेट स्वीकृत भएको जानकारी दिइएको छ।

त्यसैगरी भोजपुर सदरमुकामदेखि डडुवा हुँदै हतुवागढी जोड्ने तथा डडुवाबाट पामाखाम भञ्ज्याङ जोड्ने सडकखण्डका लागि रु. २ अर्ब ४० करोड बजेट सुनिश्चित भई बहुवर्षीय योजनाअन्तर्गत अगाडि बढाइएको छ।

भोजपुर टक्सार–गुम्बा–दलगाउँ–केराबारी–भुल्के–धोदलेखानी–पामाखाम भञ्ज्याङ सडकखण्डका लागि रु. १ अर्ब २१ करोड बहुवर्षीय बजेट सुनिश्चित गरिएको छ भने भोजपुर सदरमुकाम–देउराली–पालुवा हुँदै गुम्बा सडकका लागि रु. ५५ करोड बजेट व्यवस्था गरिएको जनाइएको छ।

यी योजनाहरूका लागि बजेट सुनिश्चित गर्न
स्मृति सेन्चुरीले विशेष पहल गरेको बताइएको छ। पूर्वाधार विकास मन्त्री
सुनिल लम्सालबाट योजनाहरू स्वीकृत भएका हुन्।

हालको सरकारले प्रत्येक क्षेत्रबाट तीनवटा प्राथमिक आयोजना छनोट गर्न सक्ने कार्यविधि बनाएको र सोहीअनुसार यी योजनाहरू अघि बढाइएको स्रोतले जनाएको छ।

यसैबीच चुहार पुल र रानीटार पुल निर्माणका लागि पनि ध्यानाकर्षण गराइएको छ। प्रधानमन्त्री कार्यालयका सचिव
गोविन्दबहादुर कार्कीको समेत समन्वय र सहयोग रहेको उल्लेख गरिएको छ।

स्थानीयवासीले यी योजनाले भोजपुरको यातायात, व्यापार, पर्यटन तथा समग्र विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *