स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

सङ्खुवासभाको माङ्सिमास्थित फोक्टे क्षेत्रमा आएको भीषण पहिरोमा परी २ सयभन्दा बढी भेडा पुरिए

संखुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–५ अन्तर्गत माङ्सिमास्थित फोक्टे क्षेत्रमा आज बिहान आएको भीषण पहिरोमा परी २ सयभन्दा बढी भेडा पुरिएका छन्।

प्रहरीका अनुसार स्थानीय दलबहादुर गुरुङको भेडीगोठ माथिबाट आएको पहिरोले बगाउँदा गोठमा रहेका २५० भेडामध्ये २१८ भेडा बेपत्ता भएका छन्। पहिरोपछि गरिएको खोजीका क्रममा हालसम्म ३२ भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन् भने बाँकी भेडा पहिरोमा पुरिएको आशंका गरिएको छ।

घटनामा गोठाला २० वर्षीय झलक गुरुङ घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ। अर्का गोठाला कमल गुरुङ भने सकुशल रहेको प्रहरीले जनाएको छ।
दुर्गम हिमाली क्षेत्र भएकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको छ।

नेपाल प्रहरी अन्तर्गत नुम प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ भने स्थानीयवासी समेत खोज तथा उद्धारमा जुटिरहेका छन्।
लगातारको वर्षासँगै पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेकाले स्थानीयलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *