इटहरी । बजाज इटहरीले बजाजको नयाँ विद्युतीय स्कुटर चेतक सी२५०१ र सी३५०३ सार्वजनिक गर्ने भएको छ।
बजाज इटहरीको अटो सिटीस्थित शोरुममा भदौ १० गते (२६ अगस्ट २०२६), बुधबार दिउँसो ४ बजे नयाँ चेतकका दुवै मोडल सार्वजनिक गर्न लागिएको हो।
लन्च कार्यक्रममा सञ्चारकर्मी, सामग्री निर्माता तथा सम्बन्धित क्षेत्रका व्यक्तिहरूलाई आमन्त्रण गरिएको बजाज इटहरीले जनाएको छ। कार्यक्रममा नयाँ चेतकका विशेषता, प्रविधि तथा डिजाइनबारे जानकारी दिइने बताइएको छ।
बजाज इटहरीले नयाँ मोडलको सार्वजनिक कार्यक्रममार्फत ग्राहक तथा विद्युतीय सवारीसाधनमा रुचि राख्नेहरूलाई चेतकको नयाँ पुस्तासँग परिचित गराउने उद्देश्य राखेको जनाएको छ।
कार्यक्रम अटो सिटी, बजाज शोरुम, इटहरीमा आयोजना हुनेछ।












