स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

टीभीएसको ‘अचम्मैको डिल’ योजना, पुरानो सवारी साटेर नयाँ किन्न सकिने

इटहरी । टीभीएसले ग्राहकलाई लक्षित गर्दै ‘अचम्मैको डिल’ नामक विशेष योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सक्नेछन्।

जगदम्बा मोटर्सअन्तर्गत इटहरीमा पारस अटोमोबाइल्सले सञ्चालन गरिरहेको योजनामा पुराना सवारीसाधनको उच्चतम मूल्याङ्कन, आकर्षक नगद छुट तथा सहज वित्तीय सुविधा उपलब्ध गराइने जनाइएको छ।

योजनाअन्तर्गत किस्ता सुविधा दैनिक रु. १२४ बाट सुरु हुने बताइएको छ। साथै, नयाँ टीभीएस सवारीसाधन खरिद गर्ने ग्राहकलाई निःशुल्क हेल्मेट समेत उपलब्ध गराइनेछ।

भदौ ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने योजनामा टीभीएसका विभिन्न मोटरसाइकल तथा स्कुटर समावेश छन्। पुरानो सवारीसाधन साटेर नयाँ टीभीएस खरिद गर्न चाहने ग्राहकले योजनाको अवधिभर पारस अटोमोबाइल्सबाट उक्त सुविधा लिन सक्नेछन्।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *