इटहरी । इटहरीस्थित एमआरएस प्रणामी अस्पतालले सर्वसाधारणलाई लक्षित गर्दै न्यूनतम शुल्कमा विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ।
अस्पतालले ‘हामी सेवामुखी हौँ, नाफामुखी हैनौँ’ भन्ने अवधारणासहित सेवा सञ्चालन गरिरहेको जनाएको हो। अस्पतालका अनुसार प्रत्येक दिन बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म फिजिसियन सेवा उपलब्ध हुनेछ।
यस्तै, सर्जरी, नवजात तथा बालरोग, हाडजोर्नी तथा नसा रोग, ईएनटी, स्त्री तथा प्रसूति रोग, छाला तथा यौन रोगलगायतका विशेषज्ञ चिकित्सकबाट दैनिक सेवा प्रदान गरिनेछ। विशेषज्ञ चिकित्सकको ओपीडी सेवा रु. २०० मा उपलब्ध हुने अस्पतालले जनाएको छ। इमर्जेन्सी चार्ज रु. २०० तथा बेड चार्ज रु. ८०० कायम गरिएको छ।
अस्पतालले माइनर तथा मेजर अप्रेसनसमेत स्वास्थ्य बीमाले तोकेको दररेटमा गर्ने जनाएको छ। साथै, निःशुल्क सुगर तथा प्रेसर जाँच र अस्पतालमा भर्ना हुने बिरामीका लागि निःशुल्क अक्सिजन सेवा उपलब्ध गराइने बताइएको छ। त्यसैगरी, थाइराइड जाँच रु. ३००, भिटामिन डी जाँच रु. १,५०० र भिटामिन बी–१२ जाँच रु. १,













