स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

जनता केवलद्वारा विद्यार्थी र शिक्षकलाई ब्यागसहित शैक्षिक सामग्री वितरण

इटहरी । ‘जनजनमा जनता केवल’ भन्ने मूल नाराका साथ जनता केवलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत इटहरी–१०, खनारस्थित ज्ञानोदय माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरूलाई ब्यागसहितका शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

‘आफ्नो उत्पादन, आफ्नो सामाजिक उत्तरदायित्व’ तथा ‘शिक्षाको यात्रामा एक कदम, आजको सहयोग, भोलिको उज्यालो भविष्य’ भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै जनता केवलका प्रबन्ध निर्देशक रोहन अग्रवालले व्यवसायसँगै समाजप्रतिको दायित्व पूरा गर्नु कम्पनीको मुख्य कर्तव्य रहेको बताउनुभयो। शिक्षा र स्वास्थ्य जस्ता प्रत्यक्ष समुदायसँग जोडिएका क्षेत्रमा कम्पनीले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उहाँको प्रतिबद्धता थियो।
इटहरी उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष अवधेश चौधरीले निजी क्षेत्रले सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतारेर विद्यालय र विद्यार्थीलाई गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो। यस्ता कार्यले विद्यार्थीको अध्ययनमा सहजता ल्याउने उहाँको भनाइ थियो।

विद्यालय परिवार तथा व्यवस्थापन समितिले विद्यार्थी र शिक्षक दुवैलाई लक्षित गरी प्रदान गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै यसले शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुनिता चौधरी, विद्यालयका प्रधानाध्यापक, जनता केवलका प्रशासकीय प्रमुख तथा म्यानेजर, स्थानीय समाजसेवी, बुद्धिजीवी, अभिभावक र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कम्पनीले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा सामाजिक कार्यहरू जारी राख्ने जनाएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *