इटहरी । इटहरी जेसीजले बृहत् आँखा तथा कान परीक्षण शिविर आयोजना गर्दै ‘जेसीज सप्ताह २०२६’ को शुभारम्भ गरेको छ।

२०८३ भाद्र २५ गते इटहरी–१७ स्थित पकली माध्यमिक विद्यालयमा आयोजित शिविरमा करिब ५०० जना सेवाग्राहीले आँखा तथा कान परीक्षण सेवा लिएका छन्। विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।

इटहरी जेसीजका अध्यक्ष जेसी मिसन पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष प्रभातकुमार आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

जेसीज सप्ताहअन्तर्गत इटहरी जेसीजले भाद्र ३१ गतेसम्म विभिन्न सामाजिक, स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। सप्ताहमार्फत युवाको नेतृत्व विकाससँगै सामाजिक उत्तरदायित्व र समुदायप्रतिको सेवाभावलाई थप मजबुत बनाउने उद्देश्य राखिएको छ।

Smart

तपाईको प्रतिक्रिया