कामले बनाएको पहिचान, नेतृत्वको तयारीमा देवराज तामाङ, सुन्दरहरैंचाको भावी नेतृत्वमा चर्चित नाम
सुन्दरहरैंचा (मोरङ) : कुनै पनि क्षेत्रको विकास केवल ठूला नारा, भाषण र चुनावी आश्वासनले सम्भव हुँदैन। विकासका लागि स्थानीय आवश्यकता बुझेको, जनताको समस्या नजिकबाट महसुस गरेको र कठिन परिस्थितिमा समेत समुदायसँगै उभिन सक्ने नेतृत्व आवश्यक हुन्छ। पूर्वी मोरङको तीव्र गतिमा विकास भइरहेको सुन्दरहरैंचा नगरपालिकामा सामाजिक तथा सार्वजनिक गतिविधिमा सक्रिय रहँदै आएका नाममध्ये देवराज तामाङ पनि एक हुन्।
व्यवसा...







