इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. २ को क्षेत्रीय सदस्य पदमा रितेश पौडेलले उम्मेदवारी दिएका छन्।
पार्टी संगठनमा युवा पुस्ताको सक्रिय सहभागिता र नेतृत्वमा नयाँ पुस्ताको प्रतिनिधित्व आवश्यक रहेको बताउँदै पौडेलले क्षेत्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्। लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय पौडेलले पार्टी संगठनलाई थप सुदृढ र गतिशील बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
पौडेल समाजसेवी, व्यवसायी तथा राजनीतिक व्यक्तित्वका रूपमा परिचित छन्। सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका उनी व्यवसायसँगै राजनीतिक तथा सामाजिक क्षेत्रमा पनि निरन्तर क्रियाशील छन्।
राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नेपाली कांग्रेसको मूल आदर्शका रूपमा आत्मसात् गर्दै पौडेलले युवा पुस्ताको सहभागिता बढाउँदै पार्टी संगठनलाई थप प्रभावकारी बनाउन आफूले भूमिका निर्वाह गर्ने बताएका छन्।
उनको उम्मेदवारीसँगै सुनसरी क्षेत्र नं. २ मा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय सदस्य पदको निर्वाचन गतिविधि थप सक्रिय बनेको छ।







