स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

उद्योग वाणिज्य संघ इटहरीकी अध्यक्ष गायत्री कटुवाल भण्डारीलाई रेडिमेड व्यवसायी संघ इटहरीद्वारा स्वागत तथा सम्मान

इटहरी । रेडिमेड व्यवसायी संघ इटहरीले उद्योग वाणिज्य संघ इटहरीकी नवनिर्वाचित अध्यक्ष गायत्री कटुवाल भण्डारीसहित नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यलाई स्वागत तथा सम्मान गरेको छ।

संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष भण्डारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै इटहरीका व्यवसायीहरूको हकहित संरक्षण, निजी क्षेत्रको प्रवर्द्धन तथा उद्योग–व्यवसायमैत्री वातावरण निर्माणमा प्रभावकारी नेतृत्व प्रदान गर्न आग्रह गरिएको थियो।

कार्यक्रममा रेडिमेड व्यवसायी संघका पदाधिकारीहरूले उद्योग वाणिज्य संघ र वस्तुगत संघ–संस्थाबीच सहकार्य, समन्वय र एकता अझ सुदृढ बनाउँदै व्यवसायीहरूको साझा हितका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए।

स्वागत तथा सम्मानपछि अध्यक्ष गायत्री कटुवाल भण्डारीले सम्मानका लागि रेडिमेड व्यवसायी संघप्रति आभार व्यक्त गर्दै सम्पूर्ण व्यवसायीको विश्वासलाई कायम राख्दै पारदर्शी, उत्तरदायी र परिणाममुखी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा दुवै संस्थाका पदाधिकारी, व्यवसायी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *