सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–५ बाट सामाजिक व्यक्तित्व महेन्द्र कार्की क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।

पार्टीको वडा अधिवेशनबाट कार्की क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन्। सामाजिक तथा नागरिक गतिविधिमा सक्रिय रहँदै आएका कार्कीको निर्विरोध चयनलाई स्थानीय कांग्रेस वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

समाजका विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका कार्कीले पार्टी संगठनसँगै सामाजिक क्षेत्रमा समेत आफ्नो भूमिका निर्वाह गर्दै आएका छन्। क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएपछि उनले पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउन आफूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

निर्विरोध निर्वाचित भएपछि कार्कीले आफूलाई गरिमामय जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण क्रियाशील सदस्य, निर्वाचन मण्डलका पदाधिकारी, शुभचिन्तक तथा साथीभाइप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

कार्कीले भनेका छन्, “क्षेत्रीय प्रतिनिधिजस्तो गरिमामय पदमा निर्वाचित गराउनुहुने सम्पूर्ण क्रियाशील सदस्य, निर्वाचन मण्डलका पदाधिकारीहरू तथा सम्पूर्ण शुभचिन्तक एवं साथीभाइमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। यहाँहरूको विश्वास र सद्भावलाई आत्मसात् गर्दै आगामी दिनमा पार्टी संगठन र समाजका लागि अझ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी वडा अधिवेशनले स्थानीय तहमा नेतृत्व तथा प्रतिनिधि चयन गर्ने क्रमलाई तीव्रता दिएको छ। सुन्दरहरैंचा–५ बाट कार्कीको निर्विरोध चयनले स्थानीय तहमा सहमति, सहकार्य र संगठनात्मक एकताको सन्देश दिएको देखिन्छ।

Smart

तपाईको प्रतिक्रिया