इटहरी । चार्टर्ड एकाउन्टेन्ट अमितबहादुर खत्रीले इटहरीमा ‘अमित खत्री एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स’ सञ्चालनमा ल्याएका छन्। व्यवसाय तथा संस्थाहरूलाई आवश्यक पर्ने लेखा, कर, लेखापरीक्षण र वित्तीय परामर्शलगायतका सेवा स्थानीयस्तरबाटै उपलब्ध गराउने उद्देश्यले संस्था सञ्चालनमा ल्याइएको खत्रीले बताएका छन्।

संस्थाले व्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने लेखा प्रणाली व्यवस्थापन, कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) अनुपालन, कम्पनी तथा फर्म दर्ता, लेखापरीक्षण, व्यवस्थापन परामर्शलगायतका सेवा उपलब्ध गराउने जनाएको छ।

चार्टर्ड एकाउन्टेन्टका रूपमा आफूले प्राप्त गरेको व्यावसायिक ज्ञान, अनुभव र सीपलाई स्थानीय व्यवसाय तथा समुदायको आर्थिक विकासमा प्रयोग गर्ने उद्देश्य रहेको खत्रीले बताए। व्यवसायी तथा विभिन्न संघ–संस्थालाई वित्तीय व्यवस्थापनमा सहजीकरण गर्दै उनीहरूको आर्थिक तथा व्यवस्थापकीय क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने लक्ष्य संस्थाले लिएको उनको भनाइ छ।

संस्थाले परामर्श सेवासँगै विभिन्न प्रकारका तालिम कार्यक्रमसमेत सञ्चालन गर्ने भएको छ। व्यवसायी तथा संस्थाहरूलाई आवश्यक पर्ने लेखा, कर, लेखापरीक्षण, वित्तीय व्यवस्थापन तथा परामर्शसम्बन्धी तालिम उपलब्ध गराइने खत्रीले जानकारी दिए।

यस्तो छ खत्रीको शैक्षिक तथा व्यावसायिक पृष्ठभूमि

अमितबहादुर खत्रीले एसओएस हर्मन गेमाइनर स्कुल, बालग्रामबाट कक्षा १० तथा सुष्मा गोदावरी कलेजबाट विज्ञान विषयमा कक्षा १२ अध्ययन गरेका हुन्।

चार्टर्ड एकाउन्टेन्टका रूपमा आफ्नो करियर अघि बढाउनुअघि उनले ब्रिटिस आर्मी, भारतीय सेना तथा नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्ट पदका लागि करिब तीन वर्ष विभिन्न प्रयास गरेका थिए। ती प्रयास सफल हुन नसकेपछि उनले लेखा तथा वित्तीय क्षेत्रलाई आफ्नो व्यावसायिक करियरका रूपमा अघि बढाएका हुन्।

खत्रीले दिल्ली विश्वविद्यालयबाट बी.कम. (अनर्स) तथा इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालय (इग्नू) बाट एमबीए गरेका छन्। त्यसपछि उनले चार्टर्ड एकाउन्टेन्सी क्षेत्रमा आफ्नो व्यावसायिक यात्रा अघि बढाएका हुन्।

उनी द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया (आईसीएआई) तथा द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान) का सदस्यसमेत हुन्।

त्यसैगरी, खत्री एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालको सुनसरी जिल्ला समितिका सदस्यका रूपमा समेत आबद्ध छन्।

स्थानीय व्यवसाय तथा संस्थाहरूलाई लेखा, कर र वित्तीय व्यवस्थापनमा आवश्यक प्राविधिक तथा व्यावसायिक सहयोग उपलब्ध गराउँदै इटहरी र आसपासको क्षेत्रमा वित्तीय अनुशासन तथा व्यवसायिक विकासमा योगदान पुर्‍याउने लक्ष्यसहित संस्था सञ्चालनमा ल्याइएको खत्रीले बताएका छन्।

Smart

तपाईको प्रतिक्रिया