साइबर अपराधको आरोपमा पकली माध्यमिक विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष पक्राउ
इटहरी | सुनसरीको इटहरी–१७ का वडाध्यक्ष प्रभातकुमार आचार्यको उजुरीमा साइबर अपराधको आरोपमा पकली माध्यमिक विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विनोद झा पक्राउ परेका छन्।
बुधबार साँझ इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले झालाई पकली चोकबाट पक्राउ गरेको हो। उनलाई साँझ ५ः४० बजे पक्राउ गरिएको जनाइएको छ।
पक्राउ परेका झालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इनरुवा, सुनसर...










