इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २० को आयोजनामा भोटेकोशी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसभा गरिएको छ ।
भदौ १० गते पश्चिम नेपाल तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट विभिन्न स्थानका नागरिकले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै वडा कार्यालय परिसरमा दीप प्रज्वलन गरिएको थियो।
कार्यक्रममा बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको थियो।
दीप प्रज्वलनपछि मौनधारण गर्दै शोकसभा समापन गरिएको आयोजकले जनाएको छ।







