शतिसालेलाई तालतलैया गोल्डकपको उपाधि

शतिसालेलाई तालतलैया गोल्डकपको उपाधि
इटहरी | इटहरीमा सम्पन्न प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको शतिसाले फुटबल क्लबले जितेको छ । इटहरी–२ स्थित बुढासुब्बा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा शतिसालेले उदयपुरको फ्युजन फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । शतिसालेका लागि विनोद राईले पहिलो हाफको ३४औँ मिनेटमा गोल गर्दै अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफमा विकास परियारले ३१औँ र साजन बर्दे...

कांग्रेस सुन्दरहरैंचाको नगर अधिवेशनअन्तर्गत आज मतदान

कांग्रेस सुन्दरहरैंचाको नगर अधिवेशनअन्तर्गत आज मतदान
विराटचोक | नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आज मोरङको सुन्दरहरैंचा नगरपालिकामा मतदान प्रक्रियामार्फत् नेतृत्व चयन हुने भएको छ । आज बिहान ८ बजे सुन्दरहरैंचाको दुर्गादेवी दुलाल स्पोर्टस्ग्राममा नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । नगरमा पार्टीको नेतृत्व लिनका लागि २ समूह निर्वाचनमा होमिएका छन् । सचिव र सदस्य पदका पदाधिकारी भने निर्विरोध निर्वाचित भइसकेका छन् । सभापति पदका ला...

इटहरीमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला

इटहरीमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला
इटहरीः पढाइ सकेर रोजगारीको खोजीमा रहेका युवा तथा आफ्नो सीपलाई आम्दानीसँग जोड्न चाहनेहरूलाई लक्षित गर्दै इटहरीमा सीप तथा रोजगार मेला आयोजना हुने भएको छ । मेला यही असोज १४ देखि २० गतेसम्म सञ्चालन हुने जनाइएको छ । युवा तथा रोजगार मन्त्रालयको आयोजनामा हुने मेलामा सहभागीले विभिन्न सीपमूलक तालिम, रोजगारदातासँग प्रत्यक्ष भेटघाट तथा रोजगारीका नयाँ अवसरबारे जानकारी लिन सक्ने आयोजकले जनाएको छ । मेलामा ६५...

हिमालय जोगाउन अन्तर्राष्ट्रिय लगानी आवश्यक ‘नेपालका लागि होइन, दक्षिण एसियाको भविष्यका लागि हिमालय संरक्षण’

हिमालय जोगाउन अन्तर्राष्ट्रिय लगानी आवश्यक ‘नेपालका लागि होइन, दक्षिण एसियाको भविष्यका लागि हिमालय संरक्षण’
न्युयोर्क | नेपालको हिमाली क्षेत्रमा बढ्दो जलवायु संकट, जलवायु न्याय र स्वच्छ ऊर्जा उत्पादनको सम्भावना न्यूयोर्कमा आयोजित जलवायु सप्ताहको एक कार्यक्रममा उठाइएको छ । फोसिल फ्युल नन–प्रोलिफरेसन ट्रिटी इनिसिएटिभले आयोजना गरेको कार्यक्रममा नेपालका सञ्चार उद्यमी तथा जलवायु परिवर्तन र स्वच्छ ऊर्जाकी अभियन्ता समृद्धि ज्ञवालीले हिमालयमा देखिएका जलवायुजन्य जोखिमसँगै नेपालले दक्षिण एसियाको स्वच्छ ऊर्जा आ...

नविकरण भई आएका स्मार्ट लाइसेन्स लिन नगर प्रमुख आचार्यको आग्रह

नविकरण भई आएका स्मार्ट लाइसेन्स लिन नगर प्रमुख आचार्यको आग्रह
सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले नविकरण भइसकेका तर सेवाग्राहीले बुझिलिन बाँकी रहेका स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन सम्बन्धित नागरिकलाई आग्रह गरेको छ। एक सूचना जारी गर्दै ईश्वरपुर नगरपालिका क्षेत्रभित्रका विभिन्न नागरिकहरूको सवारी चालक अनुमति पत्र नविकरण भई नगरपालिकामा प्राप्त भइसकेको जनाएको छ। तर, विभिन्न कारणले सम्बन्धित सेवाग्राहीले हालसम्...

मलेसियामा नेपालीको पीडादायी कथा : ६ वर्षमा २,२१४ जनाको मृत्यु

मलेसियामा नेपालीको पीडादायी कथा : ६ वर्षमा २,२१४ जनाको मृत्यु
योगेन्द्र योगी काठमाडौँ : घरमा वृद्ध आमाबुबा, श्रीमती र छोराछोरीलाई सुख दिने सपना बोकेर नेपाली युवाहरू हरेक वर्ष हजारौँको संख्यामा मलेसिया पुग्छन्। परिवारको भविष्य बदल्ने आशामा परदेशको तातो घाममा पसिना बगाउँछन्। तर, कतिपयका लागि त्यो सपना घर फर्कने यात्रामा परिणत हुँदैन। मलेसियास्थित नेपाली दूतावासको तथ्याङ्क उद्धृत गर्दै मलेसियाको मानव अधिकार आयोग (सुहाकम) ले सार्वजनिक गरेको तथ्याङ्कले यही पी...

नेपाली कांग्रेस इटहरी नगर अधिवेशन : उम्मेदवारको पहिलो नामावली सार्वजनिक

नेपाली कांग्रेस इटहरी नगर अधिवेशन : उम्मेदवारको पहिलो नामावली सार्वजनिक
इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत इटहरी उपमहानगरपालिकाको नगरकार्यसमिति निर्वाचनका लागि उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक भएको छ। निर्वाचनका लागि सभापति पदमा विकास के.सी. र बालकृष्ण बिष्टको उम्मेदवारी परेको छ। त्यस्तै उपसभापति (महिला)तर्फ एलिना चौधरी र मेनुका गिरी उम्मेदवार बनेका छन्। उपसभापति (खुला) पदमा अर्जुन कार्की, अनिश सुवेदी, घनश्याम बराल, विक्रम घिमिरे, विकास भट्टर...

विराटचोकमा ‘शान्वी ब्युटी पार्लर’ सञ्चालनमा

विराटचोकमा ‘शान्वी ब्युटी पार्लर’ सञ्चालनमा
सुन्दरहरैँचा  : मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, विराटचोकमा आधुनिक सौन्दर्य सेवासहित ‘शान्वी ब्युटी पार्लर मेकअप एण्ड नेल स्टुडियो’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। बुधबार आयोजित एक कार्यक्रमबीच सिर्जनशील समाजकी अध्यक्ष निरु बजगाईंले रिबन काटेर पार्लरको उद्घाटन गरेकी हुन्। स्थानीय स्तरमै गुणस्तरीय तथा आधुनिक सौन्दर्य सेवा उपलब्ध गराउने उद्देश्यले सवनम श्रेष्ठको सञ्चालनमा शान्वी ब्युटी पार्लर स्...

इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार

इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार
इटहरी: सुनसरीको इटहरीमा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–धरान सडकखण्डअन्तर्गत चारकोशे जंगलको पानीट्यांकी क्षेत्रमा चेकजाँच गर्ने क्रममा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार विशेष सूचनाका आधारमा प्रहरी टोलीले पानीट्यांकी क्षेत्रमा ब्यारेकेड राखेर सवारीसाधन चेकजाँच गरिरहेको थियो। सोही क्रममा शंकास्पद ...

जन्मदिनको अवसरमा समिर चन्द्रवंशीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

जन्मदिनको अवसरमा समिर चन्द्रवंशीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
बराहक्षेत्र | विगत ५ वर्षदेखि ग्रामीण क्षेत्र बराहक्षेत्र नगरपालिकालाई केन्द्रबिन्दुमा राखेर सक्रिय पत्रकारितासँगै सामाजिक कार्यमा अग्रसर हुँदै आएका समिर चन्द्रवंशीले बराहक्षेत्र नगरपालिका–९ स्थित श्री जङ्गा यु.नि.हिम. विद्यालय (बहुभाषिक आधारभूत विद्यालय) का विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरी आफ्नो जन्मदिन मनाएका छन्। जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्न पाउँदा खुसी लागेको बताउँदै चन...