सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले नविकरण भइसकेका तर सेवाग्राहीले बुझिलिन बाँकी रहेका स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन सम्बन्धित नागरिकलाई आग्रह गरेको छ।

एक सूचना जारी गर्दै ईश्वरपुर नगरपालिका क्षेत्रभित्रका विभिन्न नागरिकहरूको सवारी चालक अनुमति पत्र नविकरण भई नगरपालिकामा प्राप्त भइसकेको जनाएको छ। तर, विभिन्न कारणले सम्बन्धित सेवाग्राहीले हालसम्म आफ्नो स्मार्ट लाइसेन्स बुझिलिन बाँकी रहेकाले आवश्यक कागजातसहित नगरपालिका कार्यालयमा सम्पर्क गरी लाइसेन्स लिन आग्रह गरिएको हो।

नगरपालिकाका अनुसार सवारी चालक अनुमति पत्र नविकरणका लागि प्रक्रिया पूरा गरेका र लाइसेन्स प्राप्त हुन बाँकी रहेका नागरिकहरूले आफूले आवश्यक प्रक्रिया पूरा गरेको प्रमाण तथा सम्बन्धित कागजात साथमा लिएर ईश्वरपुर नगरपालिकाको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। यसबाट सेवाग्राहीले आफ्नो नाममा आएको स्मार्ट लाइसेन्स सहज रूपमा बुझिलिन सक्ने नगरपालिकाले जनाएको छ।

लामो समयसम्म नविकरण भएका स्मार्ट लाइसेन्स सम्बन्धित व्यक्तिले नलिँदा सेवाग्राहीलाई समेत आफ्नो लाइसेन्सको अवस्थाबारे अन्योल हुन सक्ने भएकाले नगरपालिकाले सबै सम्बन्धित नागरिकलाई सूचना पाउनेबित्तिकै कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।

नगर प्रमुखआचार्यले नगरपालिकाबाट नागरिकलाई प्रदान गरिने सेवाहरूलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नविकरण भई आएका स्मार्ट लाइसेन्स सम्बन्धित सेवाग्राहीलाई उपलब्ध गराउने व्यवस्था गरिएको बताउनुभयो।

नगर प्रमुख आचार्यले भन्नुभयो, “ईश्वरपुर नगरपालिका अन्तर्गतका जुन–जुन नागरिकहरूको ‘स्मार्ट सवारी चालक अनुमति पत्र’ (लाइसेन्स) नविकरण भई आउन बाँकी थियो, उहाँहरू सम्पूर्णले उक्त सवारी चालक अनुमति पत्र लिनका लागि आवश्यक कागजातसहित ईश्वरपुर नगरपालिकाको कार्यालयमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।”

उहाँले सम्बन्धित नागरिकले आफ्नो लाइसेन्स नविकरण भएको अवस्थामा अनावश्यक ढिलाइ नगरी नगरपालिका कार्यालयमा सम्पर्क गरी बुझिलिनसमेत आग्रह गर्नुभयो।

नगरपालिकाले नागरिकलाई सेवा प्रवाहका क्रममा आवश्यक सूचना समयमै उपलब्ध गराउने तथा सेवाग्राहीको सहजताका लागि आवश्यक समन्वय गर्ने जनाएको छ। स्मार्ट लाइसेन्स नविकरण गराएका तर हालसम्म लाइसेन्स हात नपरेका ईश्वरपुर नगरपालिकाभित्रका नागरिकका लागि यो सूचना उपयोगी हुने नगरपालिकाले विश्वास लिएको छ।

त्यसैले ईश्वरपुर नगरपालिका क्षेत्रका नविकरण भई आएका स्मार्ट सवारी चालक अनुमति पत्र लिन बाँकी रहेका सम्पूर्ण सेवाग्राहीले आवश्यक कागजातसहित नगरपालिका कार्यालयमा सम्पर्क गरी आफ्नो लाइसेन्स बुझिलिन नगरपालिकाले पुनः आग्रह गरेको छ।

Smart

तपाईको प्रतिक्रिया