इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत इटहरी उपमहानगरपालिकाको नगरकार्यसमिति निर्वाचनका लागि उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक भएको छ।

निर्वाचनका लागि सभापति पदमा विकास के.सी. र बालकृष्ण बिष्टको उम्मेदवारी परेको छ। त्यस्तै उपसभापति (महिला)तर्फ एलिना चौधरी र मेनुका गिरी उम्मेदवार बनेका छन्।

उपसभापति (खुला) पदमा अर्जुन कार्की, अनिश सुवेदी, घनश्याम बराल, विक्रम घिमिरे, विकास भट्टराई, विशुधन राई र रतन कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी नगर सचिव पदमा प्रल्हाद दाहाल, रुद्रप्रसाद सुवेदी (सुमन) र रोशन कुमार तामाङको उम्मेदवारी परेको छ।

नेपाली कांग्रेस इटहरी उपमहानगरपालिकाको निर्वाचनका लागि उम्मेदवारहरूले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएपछि निर्वाचन प्रक्रिया थप प्रतिस्पर्धात्मक बनेको छ। सार्वजनिक गरिएको पहिलो नामावलीमा उम्मेदवारहरूको नामसँगै काउन्सिल नम्बर र प्राप्त मतसम्बन्धी विवरणसमेत उल्लेख गरिएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीअनुसार सभापति, उपसभापति र सचिव पदमा उम्मेदवारी परेको हो। आगामी प्रक्रियाअनुसार उम्मेदवारीमाथि दाबी–विरोध तथा अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ।

Smart

तपाईको प्रतिक्रिया