रसुवा बाढीमा मधेशका दर्जन बढी सम्पर्कविहीन
रसुवा | रसुवाको स्याफ्रुबेँसी र टिमुरे लगायतका क्षेत्रमा आएको बाढीमा मधेश प्रदेशका एक दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेका छ्न् ।
सम्पर्कविहीन हुनेहरु सबै विभिन्न हाइड्रोपावर र जलविद्यूत परियोजनामा काम गर्ने इन्जिनियर हुन् ।प्राप्त जानकारी अनुसार बारा सुवर्ण गाउँपालिका–४, हरैया निवासी रमेशकुमार यादव, महोत्तरीको पिपरा गाउँपालिका निवासी इन्जिनियर विकास यादव, जनकपुरधामका अजय प्रसाद सिंह, सप्त...









