रसुवा | रसुवाको स्याफ्रुबेँसी र टिमुरे लगायतका क्षेत्रमा आएको बाढीमा मधेश प्रदेशका एक दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेका छ्न् ।
सम्पर्कविहीन हुनेहरु सबै विभिन्न हाइड्रोपावर र जलविद्यूत परियोजनामा काम गर्ने इन्जिनियर हुन् ।प्राप्त जानकारी अनुसार बारा सुवर्ण गाउँपालिका–४, हरैया निवासी रमेशकुमार यादव, महोत्तरीको पिपरा गाउँपालिका निवासी इन्जिनियर विकास यादव, जनकपुरधामका अजय प्रसाद सिंह, सप्तरी बोदेबरसाइन नगरपालिका काचनटोलका देवकुमार यादव, शिवकुमार यादव र सचित यादव सम्पर्कविहीन रहेका छन् ।
यस्तै, मधेश प्रदेश निवासी सन्तोषकुमार ठाकुर, राहुल गुप्ता, राजा यादव र सुरज मण्डल सम्पर्कविहिन रहेका छ्न् । समाचार लेख्दासम्म उनीहरुको ठेगान नखुलेपनि उनीहरु मधेश प्रदेशकै रहेको जनाइएको छ ।







