राष्ट्रिय पाठ्यक्रम प्रारूपमा अभिभावक र समुदायको सहभागिता बढाउन महासङ्घको माग
काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले राष्ट्रिय पाठ्यक्रम प्रारूपमा अभिभावक तथा समुदायको सहभागिता बढाउनुपर्ने माग गरेको छ ।
महासङ्घको आयोजना, पाठ्यक्रम विकास केन्द्रको समन्वय तथा गैरसरकारी संस्था महासङ्घ नेपालको सहयोगमा सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रको सभाकक्षमा आयोजित छलफल कार्यक्रममा महासङ्घले राष्ट्रिय पाठ्यक्रम प्रारूप सुधारका लागि विभिन्न सुझाव प्रस्तुत गरे...










