साइबर अपराधको आरोपमा पकली माध्यमिक विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष पक्राउ

साइबर अपराधको आरोपमा पकली माध्यमिक विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष पक्राउ
इटहरी | सुनसरीको इटहरी–१७ का वडाध्यक्ष प्रभातकुमार आचार्यको उजुरीमा साइबर अपराधको आरोपमा पकली माध्यमिक विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विनोद झा पक्राउ परेका छन्। बुधबार साँझ इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले झालाई पकली चोकबाट पक्राउ गरेको हो। उनलाई साँझ ५ः४० बजे पक्राउ गरिएको जनाइएको छ। पक्राउ परेका झालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इनरुवा, सुनसर...

बराहक्षेत्रमा ‘संविधान र संघीयता’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बराहक्षेत्रमा ‘संविधान र संघीयता’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अबसरमा माध्यमिक बिद्यालय ( कक्षा ९-१२) स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मङलवार बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजनामा चक्रघट्टि स्थित स्रोत केन्द्रको भवनमा उक्त माध्यमिक बिद्यालय ( कक्षा ९-१२) स्तरिय ‘संविधान र संघीयता’ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा नगर भित्र रहेक...

सुन्दरहरैंचाका कार्की दम्पतीद्वारा भोटेकोशी बाढीपीडितलाई राहत

सुन्दरहरैंचाका कार्की दम्पतीद्वारा भोटेकोशी बाढीपीडितलाई राहत
सुन्दरहरैंचा(मोरङ) : प्राकृतिक विपत्तिले जब कसैको घर–आँगन बगाउँछ, तब पीडाको कुनै भूगोल हुँदैन। आँसुको कुनै सीमा हुँदैन र सहयोगको हात पनि आफ्नै गाउँ–ठाउँभित्र मात्र सीमित रहनु हुँदैन। यही मानवीय भावना बोकेर मोरङको सुन्दरहरैंचा नगरपालिका–५ निवासी सामाजिक व्यक्तित्व महेन्द्र कार्की र उनकी श्रीमती लक्ष्मी कार्की भोटेकोशी बाढीपीडितको पीडामा साथ दिन अघि सरेका छन्। गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएक...

इटहरी सुनसरी लियो क्लबद्वारा ३८ हजार ३५२ विपद् राहत कोषमा सहयोग

इटहरी सुनसरी लियो क्लबद्वारा ३८ हजार ३५२ विपद् राहत कोषमा सहयोग
इटहरी । रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि इटहरी सुनसरी लियो क्लबले सञ्चालन गरेको ‘Leo Solidarity Program – Rebuild Rasuwa’ अभियानबाट संकलित रु. ३८ हजार ३५२ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। क्लबले इटहरीको संगित चोकमा ‘लस्सी वितरण तथा सहयोग संकलन अभियान’मार्फत संकलन गरेको रकममा कुनै कटौती नगरी प्रधानमन्त्र...

निजामती सेवा दिवसका कार्यक्रम स्थगित गर्दै सुनसरी जिल्ला अदालतमा रक्तदान

निजामती सेवा दिवसका कार्यक्रम स्थगित गर्दै सुनसरी जिल्ला अदालतमा रक्तदान
इटहरी । बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि राज्यको ध्यान केन्द्रित भइरहेका बेला सुनसरी जिल्ला अदालत, इनरुवाले यस वर्षको निजामती सेवा दिवसका अवसरमा तय गरिएका विभिन्न औपचारिक तथा मनोरञ्जनात्मक कार्यक्रम स्थगित गरी रक्तदान कार्यक्रम आयोजना गरेको छ। प्राकृतिक विपद्का कारण विभिन्न क्षेत्रमा मानवीय तथा भौतिक क्षति पुगेपछि सरकारले निजामती सेवा दिवसका अवसरमा आयोजना गरिने औपचारिक कार्यक्रमहर...

त्रिनेत्र मोक्षधाममा पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक , धामलाई कोशीकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य

त्रिनेत्र मोक्षधाममा पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक , धामलाई कोशीकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य
इटहरी | सुनसरीको इटहरी–२ मा १०८ शिवलिङ्गसहितको त्रिनेत्र मोक्षधाममा आयोजित पहिलो बोलम मेला समापन सँगै आय व्यय सार्वजनिक गरिएको छ । मोक्षधाममा पहिलोपटक आयोजना गरिएको बोलबम मेलामा करिब १० हजार भक्तजन सहभागी भएको सोमबार आयोजित आय–व्यय सार्वजनिक कार्यक्रममा जानकारी दिइयो। त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको आयोजना तथा त्रिनेत्र मोक्षधाम निर्माण समितिको व्यवस्थापनमा बोलबम मेला सञ्चालन गरिएको थियो। धा...

इटहरी–२० मा भोटेकोशी बाढीपीडितप्रति श्रद्धाञ्जली, दीप प्रज्वलनसहित शोकसभा

इटहरी–२० मा भोटेकोशी बाढीपीडितप्रति श्रद्धाञ्जली, दीप प्रज्वलनसहित शोकसभा
इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २० को आयोजनामा भोटेकोशी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसभा गरिएको छ । भदौ १० गते पश्चिम नेपाल तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट विभिन्न स्थानका नागरिकले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै वडा कार्यालय परिसरमा दीप प्रज्वलन गरिएको थियो। कार्यक्रममा बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्...

इटहरी जेसीजको ‘जेसीज सप्ताह २०२६’ भदौ २५ देखि, सातवटा कार्यक्रम गरिने

इटहरी जेसीजको ‘जेसीज सप्ताह २०२६’ भदौ २५ देखि, सातवटा कार्यक्रम गरिने
इटहरी | युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्ने उद्देश्यका साथ इटहरी जेसीजले आगामी भदौ २५ देखि ३१ गतेसम्म ‘जेसीज सप्ताह २०२६’ आयोजना गर्ने भएको छ। ‘डेभलोपिङ लिडर्स फर अ चेन्जिङ वल्र्ड’ भन्ने मूल नाराका साथ साताव्यापी रूपमा विभिन्न सामाजिक, शैक्षिक तथा स्वास्थ्य सम्बन्धी सातवटा कार्यक्रमहरू सञ्चालन गर्न लागिएको हो। इटहरी जेसीजका अध्यक्ष जेसी मिसन पराजुली, ...

एप्पल ट्री एकेडेमीद्वारा विपद् प्रभावितका लागि रु. १ लाख ११ हजार १११ सहयोग

एप्पल ट्री एकेडेमीद्वारा विपद् प्रभावितका लागि रु. १ लाख ११ हजार १११ सहयोग
इटहरी । भोटेकोशी, रसुवा, नुवाकोट र त्रिशूली क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि इटहरी–२०, तरहरास्थित एप्पल ट्री एकेडेमीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ११ हजार १११ सहयोग प्रदान गरेको छ। विद्यालयका अनुसार उक्त सहयोग रकम विद्यार्थी, शिक्षक तथा कर्मचारी र विद्यालय प्रशासनको सामूहिक प्रयास तथा स्वेच्छिक योगदानबाट संकलन गरिएको हो। विप...

सिंहदरबारमा ‘जेनजी सहिद स्मारक पार्क’को शिलान्यास

सिंहदरबारमा ‘जेनजी सहिद स्मारक पार्क’को शिलान्यास
काठमाडौं : सिंहदरबारस्थित संघीय संसद् भवन परिसरमा ‘जेनजी सहिद स्मारक पार्क तथा सालिक र स्तम्भ’ को औपचारिक शिलान्यास गरिएको छ । गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल र जेनजी सहिद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले आइतबार संयुक्त रूपमा उक्त संरचनाको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले नयाँ पुस्ता (जेनजी) को माग र भावनाला...