५११ मतसहित नेपाल प्रेस युनियनका अध्यक्ष अर्जुन बस्नेत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
भोजपुर | नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत विज्ञतर्फ नेपाल प्रेस युनियनका अध्यक्ष अर्जुन बस्नेत केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ।
पेशागत विज्ञतर्फ भएको निर्वाचनमा बस्नेतले ५११ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी केदार कार्कीले ३६९ मत प्राप्त गर्नुभयो। बस्नेतले कार्कीलाई १४२ मतको अन्तरले पछि पार्नुभएको हो।
पत्रकारिता तथा प्रेससम्बद्...










