इटहरी । उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष अञ्जन श्रेष्ठसहितको टोलीलाई उद्योग वाणिज्य संघ इटहरीले स्वागत गरेको छ।

महासंघका केन्द्रीय अध्यक्ष श्रेष्ठसँगै केन्द्रीय सदस्य नवीन रिजाल, केन्द्रीय सदस्य गोपाल श्रेष्ठ तथा उद्योग वाणिज्य संघ इटहरीका निवर्तमान अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य जीवन पराजुलीलाई संघमा स्वागत गरिएको हो।

उद्योग वाणिज्य संघ इटहरी परिवारले अतिथिहरूको गरिमामय उपस्थितिले आफूहरूलाई थप उत्साहित बनाएको जनाएको छ। संघले उद्योगी–व्यवसायीको हकहित, व्यावसायिक वातावरण तथा निजी क्षेत्रका समसामयिक विषयमा सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरेको छ।

संघ परिवारले अध्यक्ष श्रेष्ठसहित उपस्थित सम्पूर्ण अतिथिहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

Smart

तपाईको प्रतिक्रिया