सुनसरी । नेपाली कांग्रेस बराहक्षेत्रको १५औँ नगर महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ। सभापति पदमा रोशन खड्का ३५ मतको अन्तरले विजयी भएका छन्।
कुल ४१६ मतदाता रहेको निर्वाचनमा ४१३ मत खसेको थियो। अन्तिम मतपरिणामअनुसार सभापति पदमा रोशन खड्काले २२० मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी तेजबहादुर गुरुङले १८५ मत प्राप्त गरे।
त्यस्तै, उपसभापति पदमा दिनेश राईले २०३ मत प्राप्त गरेका छन् भने दिलबहादुर पौडेलले १५६ मत प्राप्त गरेका छन्।
मतगणनाका क्रममा ७ मत बदर भएको जनाइएको छ।
मतपरिणामसँगै नेपाली कांग्रेस बराहक्षेत्रको नयाँ नगर नेतृत्व चयन भएको छ।







