भोजपुर । नेपाली कांग्रेस टेम्केमैयुङ गाउँपालिकाको अधिवेशनबाट हर्कराज राई ‘रुकेस’ सभापति पदमा सर्वसम्मत निर्वाचित भएका छन्।

अधिवेशनबाट गाउँपालिका उपसभापतिमा जमुना राई लगायतका पदाधिकारी निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा रमेश मुकारुङ र सहसचिवमा बुद्धिमान श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्।

गाउँपालिका कार्यसमिति सदस्यहरूमा आशा दर्जी परियार, प्रकाश वि.क., रेखा खड्का, भविचन्द्र राई, रञ्जना राई, विष्णु पोखरेल, रमिला राई, रुद्रबहादुर अधिकारी, धनकुमारी दर्नाल, ज्योशिल राई, मनदेवी राई, चासुमहाङ राई, कुमार श्रेष्ठ, संचिता कटुवाल, रमेश कुमार राई, गीता नेपाल, प्रदीप श्रेष्ठ, देवीमाया नेपाल, दिवामाङ राई, गुणराज कोइराला, गोमा वि.क. र प्रकाश वि.क. सर्वसम्मत निर्वाचित भएका छन्।

नेतृत्व चयन भएसँगै टेम्केमैयुङ गाउँपालिकामा नेपाली कांग्रेसको संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने अपेक्षा गरिएको छ। नवनिर्वाचित सभापति राईले पार्टीको संगठन विस्तार, कार्यकर्ताबीच एकता तथा स्थानीय तहमा कांग्रेसको भूमिकालाई प्रभावकारी बनाउने दिशामा नेतृत्व गर्ने प्रतिबद्धता जनाएका छन्।

Smart

तपाईको प्रतिक्रिया