भोजपुर । नेपाली कांग्रेस षडानन्द नगरपालिकाको १५औँ नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नगर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू निर्वाचित भएका छन्।

अधिवेशनबाट सभापतिमा पदम तामाङ निर्वाचित भएका छन्। त्यस्तै, उपसभापतिमा निलमणि न्यौपाने र महिला उपसभापतिमा पुष्प बिष्ट थापा निर्वाचित भएका छन्।

यसैगरी सचिवमा मनोज धिमिरे तथा सह–सचिवमा डिकबहादुर बस्नेत निर्वाचित भएका छन्। अधिवेशनले नगर कार्यसमितिका अन्य सदस्यसमेत चयन गरेको जनाइएको छ।

नवनिर्वाचित सभापति, पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। अधिवेशनले पार्टी संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउँदै आगामी दिनमा कांग्रेसको संगठन विस्तार तथा जनसम्पर्कलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Smart

तपाईको प्रतिक्रिया