इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. २ बाट सिजन गुरुङले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्।

राजनीतिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय गुरुङ समाजसेवामा समेत संलग्न रहँदै आएका छन्। सामाजिक क्षेत्रमा सक्रियता बढाउँदै आएका उनले पार्टी संगठनलाई थप गतिशील, सशक्त र जनमुखी बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

गुरुङले पार्टीभित्र नयाँ सोच, सक्रिय सहभागिता र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई प्राथमिकता दिँदै संगठनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई अघि बढाउन सुनसरी क्षेत्र नं. २ का नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको साथ, सहयोग, सुझाव र सद्भावको अपेक्षा रहेको गुरुङले बताएका छन्।

उनले पार्टीको संगठन सुदृढीकरणसँगै समाजसेवा र सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत निरन्तर सक्रिय रहने बताएका छन्।

Smart

तपाईको प्रतिक्रिया