मोरङ । नेपाली कांग्रेसको आसन्न अधिवेशनमा समाजसेवी तथा विद्यार्थी नेता विक्रम बस्नेतले ३५ वर्षमुनिको युवा समूहबाट प्रदेश अधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
मोरङ क्षेत्र नम्बर ३ (क) प्रदेशबाट उम्मेदवारी दिएका बस्नेतले युवा पुस्ताको सक्रिय सहभागिता, संगठन सुदृढीकरण र कांग्रेसभित्र नयाँ पुस्ताको प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै आफ्नो उम्मेदवारी अघि सारेका हुन्।
समाजसेवा तथा विद्यार्थी राजनीतिमा सक्रिय बस्नेतले युवाका मुद्दालाई पार्टीको संगठनात्मक गतिविधिसँग जोड्दै रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली कांग्रेसका राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूल आदर्शप्रति प्रतिबद्ध रहेको बताउँदै बस्नेतले क्षेत्रीय प्रतिनिधिहरूलाई आफ्नो मताधिकार प्रयोग गरी आफूलाई समर्थन गर्न आग्रह गरेका छन्।
उनले ३५ वर्षमुनिका युवाको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउँदै पार्टी संगठनलाई गतिशील बनाउन आफू सक्रिय रहने बताएका छन्।







