इटहरी । चाडपर्वलाई लक्षित गर्दै सुनसरीको इटहरीस्थित बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।
यात्रुको सहजता, सुरक्षा तथा यात्राका क्रममा हुनसक्ने समस्या समाधानमा सहजीकरण गर्ने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको हो। सहायता कक्षबाट यात्रुलाई गन्तव्यसम्मको यातायात, टिकट, भाडादर तथा यात्राका क्रममा आइपर्ने समस्याबारे आवश्यक जानकारी र सहजीकरण गरिने जनाइएको छ।
चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले यात्रु ठगी, बढी भाडा असुली, सामान हराउनेलगायतका समस्या न्यूनीकरण गर्न सहायता कक्ष प्रभावकारी हुने अपेक्षा गरिएको छ।
सहायता कक्षमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायका प्रतिनिधिको सहभागिता रहने र यात्रुका गुनासा तथा समस्यालाई तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको बताइएको छ।
#खानारअपडेट







