काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा व्यवस्थापनमा लापरबाही गरेको निष्कर्षसहित तत्कालीन काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी, एसपी अपीलराज बोहोरा, सशस्त्र प्रहरीका एसपी शैलेन्द्र श्रेष्ठ र तत्कालीन प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीमाथि विभागीय कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।

आयोगले घटनाको छानबिनपछि जिम्मेवारीअनुसार सुरक्षा व्यवस्थापनमा कमजोरी भएको ठहर गर्दै सम्बन्धित अधिकारीमाथि विभागीय कारबाहीको सिफारिस गरेको हो। आयोगले घटनासँग सम्बन्धित विभिन्न पक्ष र सुरक्षा निकायका अधिकारीहरूसँग समेत अध्ययन तथा बयान लिएको जनाएको छ। 

सिफारिसमा परेका विश्व अधिकारी हाल प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा कार्यरत छन्। आयोगको सिफारिस कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको हुने र सिफारिस कार्यान्वयनको अवस्थाबारे आयोगले अनुगमन गर्न सक्ने व्यवस्था छ। 

Smart

तपाईको प्रतिक्रिया