इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारण सभा अन्तर्गत एकाइ–२ सुन्दर सेवाकेन्द्रको सभा आज असोज २१ गते सम्पन्न भएको छ।
तरहरास्थित दुर्गा (रुद्राक्ष) पार्टी प्यालेसको सभाहलमा आयोजित सभामा सेवाकेन्द्रअन्तर्गतका शेयर सदस्य तथा सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहेको थियो। सभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था, सेवा तथा आगामी योजनाका विषयमा छलफल गरिएको थियो।
किसान कल्याण साकोसले वार्षिक साधारण सभा विभिन्न सेवाकेन्द्रअन्तर्गत एकाइगत रूपमा सञ्चालन गर्दै आएको छ।
यसैक्रममा भोलि असोज २२ गते इटहरी, पूर्वीगैसार तथा खनार सेवाकेन्द्रको सभा आयोजना हुने भएको छ। उक्त सभा इटहरीको आइतबारेस्थित दुर्गा पार्टी प्यालेसमा हुने संस्थाले जनाएको छ।
संस्थाले सबै सम्बन्धित शेयर सदस्यलाई निर्धारित समयमा उपस्थित भई साधारण सभामा सहभागी हुन आग्रह गरेको छ।







