विराटनगर, जेठ १६ – कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १६औँ राष्ट्रपति रनिङ शिल्डप्रतियोगिताअन्तर्गत कोशी प्रदेशस्तरीय खेलकुद प्रतियोगिता जेठ १७ गतेदेखि १८ गतेसम्म विराटनगरस्थितप्रदेशिक रंगशालामा सञ्चालन हुने भएको छ।
बोर्डले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। प्रतियोगितामाएथलेटिक्स, कबड्डी, भलिबल, कराते, तेक्वान्दोलगायत विभिन्न खेल समावेश गरिएका छन्। कोशी प्रदेशका १४वटै जिल्लाका जिल्ला टिमहरूले प्रतियोगितामा सहभागिता जनाउनेछन्।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतोकोअध्यक्षतामा ४५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। यससँगै प्राविधिक समिति, खेलाडी उजुरीछानबिन समिति, खेलस्थल व्यवस्थापन, आवास तथा भोजन, स्वास्थ्य व्यवस्थापन, यातायात, प्रचार–प्रसार रअनुगमन समितिसहित विभिन्न उपसमितिहरू गठन गरिएको बोर्डले जनाएको छ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेठ १८ गते बिहान ११:३० बजे गर्नेकार्यक्रम रहेको छ।
बोर्डका अनुसार प्रतियोगितामा प्रदेशभरबाट करिब १ हजार ७ सय खेलाडी तथा अफिसियलहरूको सहभागितारहनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले जेठ २० देखि २२ गतेसम्म काठमाडौंमा आयोजना हुनेराष्ट्रपति रनिङ शिल्डको १६औँ राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्।
करिब २ करोड १० लाख रुपैयाँ खर्च अनुमान गरिएको उक्त प्रतियोगिताले पछिल्लो समय सुस्त रहेको कोशीप्रदेशको खेलकुद गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको बोर्डले जनाएको छ।
पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव बिलब घोपले प्रतियोगिताको समाचार तथा प्रचारप्रसारमार्फतखेलाडीहरूको मनोबल उच्च बनाउन सञ्चारकर्मीहरूलाई आग्रह गरे। उनले छोटो तयारी अवधिका बाबजुद कोशीप्रदेशको साख राष्ट्रियस्तरमा उच्च बनाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए।

