इनरुवामा ब्याडमिन्टोन प्रतियोगिता सम्पन्न

Listen to this article
1 minute read

इनरुवा । हातेमालो जनसरोकार संस्थाको आयोजनामा सम्पन्न ब्याडमिन्टोन प्रतियोगिता उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष लाल बहादुर श्रेष्ठ ले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष अनिल कुमार पोखरेल रहनुभएको थियो । त्यसैगरी अतिथिहरूमा वडा सदस्य दुर्गा दाहाल, इनरुवा ब्याडमिन्टोन क्लब का अध्यक्ष मनोज थापा तथा क्लबका सल्लाहकार मनोज खड्का को उपस्थिति रहेको थियो ।

प्रतियोगितामा विभिन्न समूहमा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । Group A तर्फ महेश चौधरी र आभाष चौधरी विजेता बने भने श्रवण घिमिरे र ध्यानवीर राई उपविजेता बने ।

त्यसैगरी Group B तर्फ किरण आचार्य र लाल बहादुर श्रेष्ठ विजेता बने भने मौसम कोइराला र बिपिन श्रेष्ठ उपविजेतामा सीमित भए ।

प्रतियोगिताले युवाहरूमा खेलप्रति रुचि बढाउनुका साथै सामाजिक एकता र आपसी सद्भाव कायम गर्न सहयोग पुगेको आयोजकले जनाएको छ ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *