इटहरी । उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनअन्तर्गत महिला सदस्य पदमा मिना ढकाल प्रथम मतसहित निर्वाचित भएकी छन्। उनीसँगै सुमित्रा भट्टराई पनि महिला सदस्यमा निर्वाचित भएकी हुन्।
अन्तिम मतपरिणामअनुसार मिना ढकालले सबैभन्दा बढी मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरिन् भने सुमित्रा भट्टराई दोस्रो स्थानमा रहँदै कार्यसमितिमा निर्वाचित भइन्। प्रतिस्पर्धामा रहेकी पुनम थापा मगर र लिला कुमारी राई भने पराजित भएका छन्।
निर्वाचित दुवै महिला सदस्यलाई उद्योगी तथा व्यवसायी, शुभेच्छुक र समर्थकहरूले बधाई तथा शुभकामना दिएका छन्। उनीहरूले व्यवसायीको हकहित संरक्षण, महिला उद्यमशीलताको प्रवर्द्धन तथा उद्योग वाणिज्य संघलाई अझ प्रभावकारी र व्यवसायीमैत्री संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उद्योग वाणिज्य संघ इटहरीको अन्य पदहरूको मतपरिणाम पनि निर्वाचन समितिले क्रमशः सार्वजनिक गरिरहेको छ।













