इटहरी उद्योग वाणिज्य संघ निर्वाचन: महिला सदस्यतर्फ मिना ढकाल अग्रस्थानमा

Listen to this article
1 minute read

इटहरी । उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनाअन्तर्गत महिला सदस्य पदको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।

निर्वाचन समितिका अनुसार हालसम्म ६७३ मत गणना सम्पन्न भएको छ। प्रारम्भिक परिणामअनुसार मिना ढकालले ४११ मत प्राप्त गर्दै अग्रस्थानमा रहेकी छन्।

त्यस्तै सुमित्रा भट्टराईले ३०८ मत, लिला कुमारी राईले २५१ मत र पुनम थापा मगरले २७४ मत प्राप्त गरेका छन्। हालसम्म ५३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

मतगणना कार्य अझै जारी रहेकाले बाँकी मत गणना सम्पन्न भएपछि अन्तिम परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। महिला सदस्य पदका लागि प्रतिस्पर्धा रोचक बनेको छ भने मतगणनास्थलमा उम्मेदवार तथा समर्थकहरूको बाक्लो उपस्थिति रहेको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *