इटहरी । उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनाअन्तर्गत वाणिज्य सदस्य पदको पहिलो मतपरिणाम सार्वजनिक भएको छ। हालसम्म ८३३ मत गणना सम्पन्न हुँदा बलराम बस्नेत सबैभन्दा बढी मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्।
सार्वजनिक मतपरिणामअनुसार बलराम बस्नेतले ६१६ मत प्राप्त गरेका छन्। त्यसपछि संजीव खड्का ६२७, जीवनकुमार न्यौपाने ६२८, सञ्जय शाह ६०२, सिनेट रिजाल ६१३, दिनेशप्रसाद धमला ५८४, महेश थापा ५६२, सवी चौधरी ५७८, बलबहादुर न्यौपाने ५९०, दुर्गाप्रसाद थापा ३६६, उपा सेढाईं (सर्याल) ३१६, निर्मला श्रेष्ठ ३३३ तथा हर्कबहादुर विकले २८१ मत प्राप्त गरेका छन्।
मतगणना अझै जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ। हालसम्म ८३३ मत गणना हुँदा ८० मत बदर भएको पनि निर्वाचन समितिका अधिकृत टंक प्रसाद दुलालले बताउनुभयो ।

उद्योग वाणिज्य संघ इटहरीको नयाँ कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको मतगणना आइतबारदेखि संघको कार्यालयमा जारी छ। अध्यक्षसहित अन्य पदहरूको मतगणना पनि क्रमशः भइरहेको छ।













