विराटनगर | जेन-जी आन्दोलको क्रममा २४ भदौमा भएको आगजनी र तोडफोडले क्षतिपुगेपछि बन्द भएको विराटनगरको भाटभटेनी सुपरमार्केट शनिबारदेखि पुनः सञ्चालनमा आएको छ। विराटनगरको शनिमन्दिरस्थित क्षतिग्रस्त भाटभटेनी सुपरमार्केट पुनर्निर्माणपछि पुन शनिबारदेखि सञ्चालनमा आएको हो।
सञ्चालक सावित्री गुरुङले शनिबार बिहान पूजाआजा गरी स्टोरको पुन उद्घाटन गरेपछि विराटनगरको भाटभटेनी मार्केट सबैका लागि किनमेल गर्न फेरि खुला भएको छ। उद्घाटनका क्रममा सञ्चालक गुरुङले ग्राहकहरूको सद्भाव, सहानुभूति र स्नेहका कारण नै भाटभटेनी परिवार खरानीबाट फेरि उठ्न सफल भएको बताइन्।

विराटनगरका सञ्चालन अधिकृत पानु पौडेलले जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भाटभटेनीको वेयरहाउससहित कोटेश्वर, महाराजगन्ज, चितवन, भरतपुर, पोखरा र बौद्धका स्टोरहरू सञ्चालनमा आइसकेको जानकारी गराए। उनका अनुसार अब छिट्टै बिर्तामोड, धरान र काठमाडौंको टंगालस्थित स्टोरहरू पनि सञ्चालनमा आउनेछन्।












