Listen to this article
इटहरी। उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा अध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारीले आफ्नो अग्रता कायम राखेकी छन्।
निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार हालसम्म ३९१ मत गणना सम्पन्न भएको छ। जसमा गायत्री कटुवाल भण्डारीले २१३ मत प्राप्त गरेकी छन् भने साझा समूहका अध्यक्ष उम्मेदवार नवराज काफ्लेले १६६ मत प्राप्त गरेका छन्। बदर मत १२ रहेको छ।
हालको मतपरिणामअनुसार भण्डारी काफ्लेभन्दा ४७ मतले अगाडि रहेकी छन्। बाँकी मतको गणना जारी रहेकाले अन्तिम नतिजाका लागि थप मतगणना हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।













