मोबाइल व्यवसायीका रूपमा परिचित बलराम बस्नेत उद्योग वाणिज्य संघ इटहरीको सदस्यमा विजयी

Listen to this article
1 minute read

इटहरी | उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा सदस्य पदका उम्मेदवार बलराम बस्नेत ९६० मत प्राप्त गर्दै विजयी भएका छन्।

मोबाइल व्यवसायीका रूपमा परिचित बस्नेत नवराज काफ्ले नेतृत्वको साझा प्यानलबाट सदस्य पदमा चुनावी मैदानमा उत्रिएका थिए। व्यवसायीहरूको उल्लेखनीय समर्थन प्राप्त गर्दै उनी सदस्यमा निर्वाचित भएका हुन्। मतपरिणाम सार्वजनिक भएसँगै उनका समर्थक तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

विजयी भएपछि बस्नेतले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण उद्योगी–व्यवसायीप्रति आभार व्यक्त गर्दै उद्योग वाणिज्य संघलाई व्यवसायीको साझा संस्थाका रूपमा थप प्रभावकारी, उत्तरदायी र व्यवसायीमैत्री बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

यसै निर्वाचनबाट उद्योग वाणिज्य संघ इटहरीको इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित भएको छ। अन्तिम मतपरिणामअनुसार गायत्री कटवाल भण्डारी ७५८ मतसहित अध्यक्षमा निर्वाचित भएकी छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतले पराजित गरिन्। काफ्लेले ७४३ मत प्राप्त गरेका थिए।

उद्योग वाणिज्य संघ इटहरीकी पूर्व कोषाध्यक्ष तथा रेडिमेड व्यवसायी संघ इटहरीकी संस्थापक अध्यक्षसमेत रहेकी भण्डारी संघको इतिहासमै पहिलो महिला अध्यक्ष बनेकी हुन्। उनले निर्वाचन अभियानका क्रममा संघमा पारदर्शिता, सुशासन, महिला नेतृत्वको सशक्त सहभागिता र व्यवसायीमुखी सुधारका एजेन्डा अघि सारेकी थिइन्।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *