LOLA को १७औँ स्थापना दिवस : महिला नेतृत्व र सशक्तीकरणमा इटहरी च्याप्टरको सक्रिय भूमिका

Listen to this article
1 minute read

प्रेक्षा आचार्य

इटहरी । लेडिज अफ लिबर्टी अलायन्स (LOLA) ले जुलाई महिनामा आफ्नो १७औँ स्थापना दिवस मनाइरहेको छ। विगत १७ वर्षदेखि महिलाको नेतृत्व विकास, स्वतन्त्रताको मूल्य प्रवर्द्धन तथा महिला सशक्तीकरणका क्षेत्रमा विश्वभर सक्रिय रहेको LOLA को अभियानमा इटहरी च्याप्टरले पनि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

इटहरी च्याप्टरले स्थापना कालदेखि नै महिला सशक्तीकरण, नेतृत्व विकास तथा स्वतन्त्र सोचको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै विभिन्न सचेतनामूलक, अन्तरक्रियात्मक तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ। हालै च्याप्टरले Women in Business Panel Discussion, Climate Action and Awareness Session, Leadership Session, Mental Health Awareness Program तथा Digital Literacy लगायतका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।

च्याप्टरका अनुसार यस्ता कार्यक्रमले महिला तथा युवतीहरूमा नेतृत्व क्षमता, उद्यमशीलता, आत्मविश्वास, सचेतना तथा स्वतन्त्र निर्णय क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। साथै, अन्तर्राष्ट्रिय सञ्जालसँग आबद्ध यस्तो प्लेटफर्मले युवा महिलाहरूलाई सिक्ने, आफ्ना विचार अभिव्यक्त गर्ने, नेतृत्व विकास गर्ने तथा समान सोच भएका व्यक्तिहरूसँग सञ्जाल विस्तार गर्ने अवसर प्रदान गर्दै आएको विश्वास गरिएको छ।

LOLA इटहरी च्याप्टरकी च्याप्टर लिड प्रेक्षा आचार्यले १७औँ स्थापना दिवसले विगतका उपलब्धिहरूको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी र समुदायमुखी कार्यक्रम सञ्चालन गर्ने प्रेरणा दिएको बताउनुभयो।

उहाँले इटहरी च्याप्टरले आगामी दिनमा पनि महिला सशक्तीकरण, नेतृत्व विकास, स्वतन्त्रताको मूल्य प्रवर्द्धन तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आफ्नो अभियानलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *