स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

रिमियर कलेजको आश्रमको नयाँ भवन निर्माणको लागि ५१ हजार सहयोग

इटहरी । शिक्षासँगै विभिन्न सामाजिक कार्यमा समेत सक्रिय इटहरीस्थित प्रिमियर ग्लोबल कलेजले निःसहाय बालबालिका सेवा आश्रमको नयाँ भवन निर्माणको लागि ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

सामाजिक रुपमा समेत सक्रिय कलेजको यो पछिल्लो सामाजिक सेवामा गर्वको महसुस भएको कलेजका निर्देशक तथा सामाजिक व्यक्तित्व सुनिल भुसालले बताउनुभयो ।

“यस मानवीय कार्यमा सहभागी हुन पाउँदा गर्व महसुस भएको छ ।”, सहयोग रकम हस्तान्तरण कार्यक्रममा भुसालले भन्नुभयो, “हामी सबै मिलेर अघि बढ्यौं भने सानो सहयोगले पनि ठूलो परिवर्तन सम्भव छ ।”

प्रिमियर ग्लोबल कलेज इटहरीको एक अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित छ। गुणस्तरीय शिक्षा र विद्यार्थीहरूको सर्वांगीण विकासमा जोड दिँदै कोशी प्रदेशमा नै परिचित कलेजले विभिन्न सामाजिक संस्थाहरूलाई सहयोग पुर्याउँदै आएको छ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा कलेजका निर्देशक सुनिल भुसालका साथै प्रिन्सिपल सुभाष कुमार लुइटेल, अध्यक्ष मुकुन्दप्रसाद घिमिरे र स्कुल परिवारको समेत उपस्थिति थियो ।

स्कुल परिवारका तर्फबाट समेत निशाय बालबालिका सेवा आश्रमको भवन निर्माणका लागि ५१ हजार रुपैयाँ सहयोग प्रदान गरी आश्रमको विशिष्ट सदस्यता प्राप्त गरेकोमा आश्रमका नयाँ भवन निमार्ण समितिका अध्यक्ष राजेश श्रेष्ठले कलेज परिवारलाई धन्यवाद र बधाई दिनुभयो।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *