स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

संसारीमाई मन्दिरमा सरसफाइ, विषाक्त प्रसाद र मदिरा पसल हटाउन माग

मोरङ। हिन्दू सम्राट नेपाल, मोरङ जिल्ला कार्य समितिले रंगेली नगरपालिका–७ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको संसारीमाई मन्दिर परिसरमा देखिएका विभिन्न समस्याप्रति प्रशासनको ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको छ।

समितिले मन्दिर परिसरमा बिक्री भइरहेको प्रसादमा म्याद गुज्रिएका तथा अखाद्य सामग्री मिसाइएको, घातक रसायन प्रयोग गरिएको र त्यसका कारण भक्तजन बिरामी परेको दाबी गर्दै तत्काल छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ।

ज्ञापनपत्रमा मन्दिर परिसरको फोहर व्यवस्थापन अत्यन्त कमजोर रहेको उल्लेख गर्दै नियमित सरसफाइ तथा विशेष सफाइ अभियान सञ्चालन गर्न प्रशासनसँग आग्रह गरिएको छ। फोहरका कारण मन्दिरको सौन्दर्यमा असर परेको मात्र नभई भक्तजनको स्वास्थ्यमा समेत जोखिम बढेको समितिको भनाइ छ।

त्यसैगरी मन्दिर नजिकै सञ्चालनमा रहेका मदिरा पसलहरू तत्काल स्थानान्तरण गर्न पनि माग गरिएको छ। धार्मिक स्थलको पवित्रता कायम राख्न मन्दिरको कम्तीमा २०० मिटर वरपर मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरण रोक्नुपर्ने व्यवस्था रहेको दाबी गर्दै हाल ५ देखि १० मिटरको दूरीमै मदिरा पसल सञ्चालन भइरहेको समितिले जनाएको छ।

हिन्दू सम्राट नेपालले धार्मिक आस्था र जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित यी विषयमा तत्काल छानबिन गरी आवश्यक कदम चाल्न प्रशासनसँग आग्रह गरेको छ। साथै, मागको समयमै सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि ज्ञापनपत्रमार्फत दिएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *