स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

बोखिमका ६ सय घरपरिवारलाई विद्युतीय चुलो वितरण

भोजपुर। ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जा प्रवर्द्धन तथा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले भोजपुर नगरपालिका–५ बोखिमका ६ सय घरपरिवारलाई विद्युतीय इन्डक्सन चुलो वितरण गरिएको छ।

वडा कार्यालयको पहल तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत अनुदानमा चुलो वितरण गरिएको हो। कार्यक्रममार्फत परम्परागत रूपमा दाउरा र एलपी ग्यासमा निर्भर रहेका स्थानीयलाई विद्युतीय ऊर्जाको प्रयोगतर्फ आकर्षित गर्ने लक्ष्य राखिएको वडा अध्यक्ष फविन्द्र प्रधानले जानकारी दिनुभयो।

उहाँका अनुसार विद्युतीय चुलोको प्रयोगले आयातित एलपी ग्यासमाथिको निर्भरता घटाउने, वन विनाश न्यूनीकरण गर्ने, खाना पकाउने समय बचत गर्ने तथा घरभित्र हुने धुवाँजन्य प्रदूषण कम गर्न महत्वपूर्ण योगदान पुग्नेछ।

कार्यक्रमअन्तर्गत चुलोसँगै स्थानीय उपभोक्तालाई सुरक्षित तथा प्रभावकारी रूपमा इन्डक्सन चुलो प्रयोग गर्ने विषयमा आवश्यक प्राविधिक जानकारीसमेत प्रदान गरिएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *