इटहरी । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा इटहरीको 18D पाथिभरा इन्टरटेनमेन्टले तीज विशेष कार्यक्रम आयोजना गरेको छ ।
केही समयअघि इटहरीको सेन्टर प्लाजाको पहिलो तलामा सञ्चालनमा आएको १८डी पाथिभरा इन्टरटेनमेन्टले आफ्नै कार्यालय परिसरमा तीज विशेष कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा मार्केटिङ म्यानेजर विकास घिमिरेले केक काटेर कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रममा महिलाहरूको सहभागिता रहेको थियो भने उनीहरूले तीजका गीतमा नाचगान गर्दै रमाइलो गरेका थिए।
18D पाथिभरा इन्टरटेनमेन्टले दृश्यसँगै वास्तविक गतिशीलता, हावाको प्रभाव, पानीका छिटा, कम्पन तथा सराउन्ड साउन्डको संयोजनमार्फत दर्शकलाई फरक र रोमाञ्चक मनोरञ्जन अनुभव प्रदान गर्दै आएको जनाएको छ।
18D सिनेमामा दर्शकले चलचित्र हेर्ने मात्र नभई चलचित्रकै दृश्यभित्र आफू सहभागी भएको अनुभूति गर्न सक्ने सञ्चालकको भनाइ छ। यहाँ अत्याधुनिक मोसन सिट, ३डी भिजुअल, विन्ड इफेक्ट, वाटर स्प्लास, भाइब्रेसन र सराउन्ड साउन्डजस्ता प्रविधिको प्रयोग गरिएको छ।
दैनिक बिहान ८ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने १८डी सिनेमामा एक शोमा करिब १०–१२ जना वयस्क वा १४–१५ जना बालबालिका सहभागी हुन सक्ने क्षमता रहेको छ।
नयाँ पुस्ताको प्रविधिसँगै मनोरञ्जनलाई थप रोमाञ्चक र जीवन्त बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको १८डी पाथिभरा इन्टरटेनमेन्टले नेपालमै फरक किसिमको इमर्सिभ मनोरञ्जनको अनुभव प्रदान गर्ने अपेक्षा गरिएको जनाएको छ।







