इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट इटहरी उपमहानगरपालिकाको मेयर पदका लागि सूर्य चौलागाईं पनि बलिया दावेदारका रूपमा देखिएका छन्।

रास्वपाका सक्रिय नेता चौलागाईं पार्टीभित्र संगठन निर्माण तथा विभिन्न गतिविधिमा सक्रिय रहँदै आएका छन्। इटहरीको नेतृत्वका लागि रास्वपाबाट सम्भावित उम्मेदवारका रूपमा उनको नाम चर्चामा आउन थालेसँगै स्थानीय राजनीतिक वृत्तमा समेत चासो बढेको छ।

रास्वपाले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न स्थानीय तहमा सम्भावित उम्मेदवारको खोजी तथा संगठन विस्तारलाई तीव्रता दिइरहेको अवस्थामा इटहरीमा चौलागाईंको दाबेदारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

इटहरीको मेयर पदका लागि रास्वपाबाट अन्य नेताहरूको नामसमेत चर्चामा रहेकाले अन्तिम उम्मेदवार चयन भने पार्टीको निर्णयपछि मात्रै टुंगो लाग्नेछ।

Smart

तपाईको प्रतिक्रिया