इटहरी । मन्सु मेकअप स्टुडियोको ब्यानरमा आयोजना गरिएको सौन्दर्य प्रतियोगिता ‘मिस युनिफाइड नेपाल २०२६’को ग्रान्ड फिनाले भव्य रूपमा सम्पन्न भएको छ। असोज ३ गते शनिबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै आयुषा श्रेष्ठले ‘मिस युनिफाइड नेपाल २०२६’को उपाधि जितेकी छन्।

प्रतियोगितामा सलिना गुरुङ फस्ट रनरअप र युना कटुवाल सेकेन्ड रनरअप घोषित भए। यस्तै, अर्गनाइजर च्वाइसको उपाधि रिधिशा माझीले हात पारिन्।

प्रतियोगिताको निर्णायक मण्डलमा कन्टेन्ट क्रिएटर, इन्फ्लुएन्सर तथा मोडल इशा थापा, मोडल तथा अभिनेता दिनेश कोइराला र टीएफएन रनवेकी ब्रान्ड एम्बेसडर विर्षना लिम्बू रहेका थिए।

निर्णायकमध्ये कोइराला ‘मिस्टर भ्याली २००७’का सेकेन्ड रनरअपसमेत हुन्। उनी हाल नेपाल चलचित्रकर्मी महासंघका महासचिवको जिम्मेवारीमा समेत छन्।

ग्रान्ड फिनालेकै अवसरमा ‘सी–डर्मा’ प्रडक्टको सफ्ट लन्चसमेत गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा स्थानीय दर्शक, फेशनप्रेमी तथा सौन्दर्य क्षेत्रमा रुचि राख्नेहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतियोगितामार्फत युवतीहरूको सौन्दर्यसँगै आत्मविश्वास, व्यक्तित्व विकास र प्रतिभालाई समेत प्रस्तुत गर्ने प्रयास गरिएको आयोजकको भनाइ छ।

Smart

तपाईको प्रतिक्रिया